साउथ अष्ट्रेलियामा इन्द्रजात्रा फेस्टिभल हुँदै

साउथ अष्ट्रेलियामा इन्द्रजात्रा फेस्टिभल हुँदै


तास्मनीया होबार्ट । अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्यमा इन्द्र जात्रा फेस्टिभल हुने भएको छ। गुठि साउथ अष्ट्रेलियाले नेवाः संस्कृति संरक्षण र संवर्धन गर्ने उद्देश्यका साथ इन्द्र जात्रा फेस्टिभलको आयोजना गरेको हो। 

साउथ अष्ट्रेलियाको गल्यानडोर कम्युनिटि हलमा शनिबार (अर्थात सेप्टेम्बर १० तारिख)मा गुठिले पाँचौँ इन्द्रजात्रा कार्यक्रम आयोजना गर्न लागेको संस्थाका अध्यक्ष पुन्नकाजी महर्जनले जानकारी दिए। निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, समयबजी समावेश आदीको प्रदर्शनी रहेको अध्यक्ष महर्जनले बताए। 

संस्थाका सचिव सजिन प्रधानाङ्गले भोली दिउसो १२ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा सम्पूर्ण एडिलेडबासीलाई उपस्थितका लागि आग्रह गरेका छन्।

सन् २०१५ मा स्थापना भएको गुठि साउथ अष्ट्रेलियाले नेवाः संस्कृति संरक्षण र संवर्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।