लघु चलचित्र ‘अकारण’को फस्ट लुक सार्वजनिक

लघु चलचित्र ‘अकारण’को फस्ट लुक सार्वजनिक


तास्मनिया होबार्ट ।

घरेलु हिंसापीडित महिलाको मानसिक अवस्थाको चित्रण गरेको लघु चलचित्र ‘अकारण’को फस्ट लुक सार्वजनिक गरिएको छ ।

आज तास्मनियाको होबार्टमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरेर लघु चलचित्र अकारणका पोस्टरहरू सार्वजनिक गरिएको हो । 

आगामी १६ सेप्टेम्बेर होबार्टको वाईड एंगल सिनेमा हलमा चलचित्रको विशेष प्रदर्शन गरिने पनि सो अवसरमा जानकारी गराइएको छ। उक्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार निखिला बुढाथोकी, क्यामेराम्यान श्रीराम अर्याल र चलचित्र निर्देशक एम एस अग्रजको उपस्थिति रहेको थियो। 

कार्यक्रममा एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्य, पुनम पन्त लगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन विष्णु सापकोटाले गरेका थिए। 

यो फिल्म विचित्र फिल्मस् र गुड जब आर्ट्सद्वारा प्रस्तुत गरिएको हो। फिल्मका निर्माता केशव पाण्डे रहेका छन्। पाण्डेले नै फिल्मको पटकथा तथा संवाद तयार पारेका हुन्।

एमएस अग्रजद्वारा निर्देशित फिल्ममा निखिला बुढाथोकी, कुशल आचार्य, सामु उप्रेती र सुनिल पराजुली लगायतको अभिनय रहेको छ। यस फिल्मको छायाँकन श्रीराम अर्यालले गरेका हुन् भने पार्श्व संगीत शैलेश श्रेष्ठको रहेको छ।