सन्दीप काठमाडौँ झरेलगतै पक्राउ पर्ने

सन्दीप काठमाडौँ झरेलगतै पक्राउ पर्ने


काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी थिइन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो।

ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेर सोही राती आफूमाथि लामिछानेले पटक–पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख गरेकी छन् ।

काठमाडौँ–९ स्थित होटल काठमाडौं इनको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले बलात्कार उनले दाबी गरेकी छन् । सन्दीप टी–२० सिरिज खेल्न केन्या जानुअघि बलात्कारको घटना भएको बताइएको छ।

सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विन्डिज छन्। बलात्कारको आरोप अस्वीकार गर्दै सन्दीपले कानुनी उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन् । उनले क्यानलाई प्रतियोगिता सक्काएर नेपाल फर्कने पनि प्रतिवद्धता जनाएका छन् ।