सन्दीप लामिछानेले कानुनी लडाइँका लागि क्यानसँग मागे सहयोग

सन्दीप लामिछानेले कानुनी लडाइँका लागि क्यानसँग मागे सहयोग


काठमाडौँ । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर मात्र नेपाल फर्किने भएका छन्।

नेपाल क्रिकेट संघको सम्पर्कमा आएका सन्दीपले कानुनी लडाईँका लागि सहयोग मागेका छन्। उनले क्यारेबियन प्रिमियर लिग सकिएपछि मात्रै आफू नेपाल फर्किने क्यानलाई जानकारी दिएका छन्।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार उनले आफू निर्दोष भएको भन्दै कानूनी लडाइँ लड्ने बताएका छन्।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीपविरुद्ध तत्काल कुनै एक्सन नलिने बताइसकेका छन्। अध्यक्ष चन्दले सन्दीपविरुद्धको आरोप पुष्टि नभएका कारण तत्काल कुनै निर्णय लिइहाल्नुपर्ने अवस्था नरहेको यसअघि नै बताइसकेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा सन्दीपले बालिकालाई भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर बलात्कार गरेको आरोप छ।