गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागी श्रीलंकाली राजदूतबीच भेटवार्ता

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागी श्रीलंकाली राजदूतबीच भेटवार्ता


काठमाडौं । नेपालका लागी श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैरआवासीय नेपाली संघको कार्यालयममा भ्रमण गरेका छन् ।

यस अवसरमा उनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापालगायत पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गरेका थिए ।

राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा चासो व्यक्त गरेका थिए । श्रीलंकामा पनि यस्तै छाता संगठनमार्फत गैरआवासीयलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उनको भ्रमण केन्द्रित थियो ।

राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो संजाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै संजाल बनाउने अभियानमा श्रीलंकाको सरकार प्रयासरत रहने बताएका थिए ।