होबार्टको कन्सर्ट सकाएर १९७४ एडी मेलबर्नमा, आईतबार कन्सर्ट

होबार्टको कन्सर्ट सकाएर १९७४ एडी मेलबर्नमा, आईतबार कन्सर्ट


मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाका आठवटै राज्यमा कन्सर्ट गरिरहेको १९७४ एडीले आईतबार ४ सेप्टेम्बरमा मेलबर्नमा कन्सर्ट गर्दैछ । होबार्टमा ८ सय भन्दा बढी दर्शकमाझ आफ्नो प्रस्तुति दिएको व्याण्डले मेलबर्नका नेपालीहरुको पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा राखेको छ । मेलबर्नको कन्सर्टलाई सोलाङ्चरले आयोजना गर्दैछ ।

सोलाङ्चरका क्रिटिभ डाईरेक्टर राजु शाक्यले कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले शनिबार नै व्याण्ड मेलबर्न आइसकेको र आईतबारको कन्सर्टलाई लिएर उत्साह बढेको बताएका छन् ।

कन्सर्ट आईतबार ४ सेप्टेम्बरमा रसेल स्ट्रीटमा रहेको कन्सर्ट भेन्यूमा हुनेछ । १७० रसेल स्ट्रीट मेलबर्न सिटीमा राति ८ बजेबाट प्रवेश खुल्ला गरिनेछ । नेपाली संगीतपारखीमाझ निकै चर्चित र हिट गीतहरु पस्किएको १९७४ एडी व्याण्ड केही समय अघि पुनः एकताबद्ध भएको हो । व्याण्डका पुराना सबैको पुनर्मिलनपछिको पहिलो अष्ट्रेलिया टूर हो ।

यसअघि व्याण्डले एडिलेड, पर्थ, डार्विन, होबार्टमा कन्सर्ट गरिसकेको छ भने अझै ब्रिसबेन, सिड्नी लगायतमा कन्सर्ट बाँकी छन् । यसैबीच, शनिबार नै मेलबर्न आएको व्याण्डसँग भर्खरै खुलेको रोक्सी किचेनमा आज डिनर विथ लिजेन्ड्स आयोजना गरिएको छ ।