डिजेल र मट्टीतेलको मूल्य ६–६ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य ६–६ रुपैयाँले बढ्यो


काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६–६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार मूल्य बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको हो । नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ। त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।