बागमति प्रदेश सरकारको कार्यकाल एक वर्ष बाँकी काँग्रेस र समाजवादीले आधा आधा नेतृत्व गर्ने !

बागमति प्रदेश सरकारको कार्यकाल एक वर्ष बाँकी काँग्रेस र समाजवादीले आधा आधा नेतृत्व गर्ने !


काठमाडौं । केन्द्रमा गठबन्धन सरकारको सहमतिको खाका प्रदेशसम्मै लगिने भएपछि बागमति प्रदेशमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी र काँग्रेसबीच सत्ता बाँडफाँड सहमति भएको छ ।

नेपाली काँग्रेस बागमति प्रदेश संसदीय दलकी सचेतक राधा घलेका अनुसार सुरुमा समाजवादीका राजेन्द्र पाण्डेले आधा कार्यकाल नेतृत्व गर्नेछन् भने बाँकी आधा काँग्रेसका ईन्द्र बानियाँ मुख्यमति हुने लाईनमा रहनेछन् ।

यस बारेमा नेताहरुले भने कुनै प्रतिक्रिया दिन ईन्कार गरेका छन् । बिहीबार गठबन्धनका दलहरुबीच तीन बुँदे सहमति भएको र त्यसमा बजेट, मन्त्रिपरिषद् गठन र राजनीतिक नियुक्तिहरु सहमतिका आधारमा गर्ने लेखिएको मात्रै उनीहरुले जनाएका छन् ।