शिल्पाका पति राज कुन्द्राले गरे अदालतसमक्ष निर्दोष प्रमाणित गरिदिन अपिल

शिल्पाका पति राज कुन्द्राले गरे अदालतसमक्ष निर्दोष प्रमाणित गरिदिन अपिल


भदौ ९, मुम्बई । अभिनेत्री शिल्पा शेट्टीका पति र व्यापारी राज कुन्द्रले अदालतमा आफूमाथि लागेको सबै आरोपबाट निर्दोष प्रमाणित गरिदिन अदालतसमक्ष अपिल गरेका छन् ।

राजमाथि गत वर्ष पोर्नोग्राफी उद्योग चलाएको आरोप लागेको थियो, जसकारण उनलाई जुलाईमा मुद्धा दर्ता गरिएको थियो । यद्यपि अहिलेसम्म उनलाई दोषी ठहराइएको छैन । त्यहीकारण उनी मुम्बई सेशन कोर्टमा निवेदन दिन पुगेका हुन् ।

उनले पोर्नोग्राफीसँग आफ्नो कुनै लेनादेना नरहेको निवेदनमा उल्लेख गरेका छन् । उनले कोर्टमा आफूविरुद्ध कुनै प्रमाण नभेटिएकाले आफूलाई निर्दोष साबित गर्न माग गरेका छन् ।

पोर्नोग्राफी मामलामा राजलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनलाई दुई महिना जेलमा राखिएको थियो । अदालतको कारवाही लम्बिएका कारण राजलाई सेप्टेम्बरमा मुम्बई सेशन कोर्टबाट जमानत मिलेको थियो । अहिलेसम्म उनलाई दोषी मानिएको छैन। यहीकारण राजले आफूलाई निर्दोष मान्दै आएका छन् ।

राजले आफूले कहिल्यै पनि पोर्नोग्राफी प्रोडक्सन र कुनै वितरणको काममा आबद्धता नजनाएको उल्लेख गरेका छन् । आफूलाई यो मामलामा फसाउन खोजिएको उनको दाबी छ ।