एनआरएन आईसीसीको कार्यकाल ६ महिना थप्ने निर्णय, चुनाव नोभेम्बरभित्र

एनआरएन आईसीसीको कार्यकाल ६ महिना थप्ने निर्णय, चुनाव नोभेम्बरभित्र


काठमाडौं ।

गैरआवासीय नेपाली संघको कार्यसमितिको कार्यकाल सकिने दिन आईतबार ६ महिना कार्यकाल थप्ने निर्णय भएको छ । शनिबार राति बसेको केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल ६ महिनाका लागि थप गरेको हो । सो बैठकले मंसिर १४ गते (नोभेम्बर ३० तारिख) भित्र अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

अक्टोबर२३ देखि २५ तारिखमा हुने भनिएको १० औं अन्तर्राष्ट्रिय अधिवेशन परराष्ट्र मन्त्रालयको निर्देशनका कारण रोकिएको थियो । संस्थाभित्र देखिएका केही विवादबारे मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयलगायत केही नेताको सक्रियता बढेको थियो ।

एनआरएन अभियानको १८ वर्षे अवधिमा पहलो पटक तोकिएको अवधिमा अधिवेशन हुन सकेको छैन भने परराष्ट्र मन्त्रालयले अनियमितताको छानविन गर्न निर्देशन दिएको पनि यो पहिलो पटक नै हो ।