युवा पुस्ताका लागि सचेतना अभियान सञ्चालन गर्छौं : ओएनएफ अष्ट्रेलिया अध्यक्ष पौडेल

युवा पुस्ताका लागि सचेतना अभियान सञ्चालन गर्छौं : ओएनएफ अष्ट्रेलिया अध्यक्ष पौडेल



सिड्नी, अष्ट्रेलिया । नेकपा एमालेको प्रवासी नेपाली शुभेच्छुक संस्था प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको नेतृत्व ब्रिसबेनका रमेश पौडेलले गर्ने भएका छन् । सिड्नीमा भएको छैठौं अधिवेशनले सर्वसम्मत रुपमा उनको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष रमेश पाण्डेले उद्घाटन गरेको अधिवेशनमा को प्रमुख आतिथ्यमा भएको अधिवेशनमा सहभागी हुन अमेरिकाबाट उपसचिव प्रभु राम थापा पनि आएका थिए । अष्ट्रेलियाको नेपाली समूदायका नेता तथा एनआरएन आईसीसीका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, पूर्वउपाध्यक्ष डा. विनोद श्रेष्ठ, प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टरका अध्यक्ष बिष्णु हमाल, एनआरएनए एनएसडव्लु संयोजक उषा वारिया, जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री रोहित खड्कालगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । उद्घटन र बन्द सत्र सञ्चालन भएको अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता केशव जोशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव प्रकाश पन्थीले गरेका थिए ।

केविसीखबरसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पौडेलले पछिल्लो समय युवाहरुमा नेपालको राजनीतिक अवस्था, प्रवासमा गर्नुपर्ने कार्यहरु लगायतका विषयमा सचेतना अभियान सञ्चालन गर्ने आफ्नो योजना रहेको बताए । उनले अष्ट्रेलियाको दोश्रो पुस्ताको नेपाली बालबालिकाहरुबीच सहकार्यका लागि पनि पहल गर्ने योजना रहेको बताए । यसका लागि एनआरएन लगायतका संघसंस्थाहरुसँग सहकार्य गरिने पनि उनको भनाई थियो । “हाम्रो भाषा, संस्कृति र संस्कारको प्रबद्र्धनसँगै उनीहरुबीच मित्रता बढाउने उपायहरु पनि हामीले खोज्नुपर्नेछ ।” पौडेलले भने । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया यहाँ सामाजिक संस्थाको रुपमा क्रियाशील रहेको र नेपालको राजनीतिसँग जोडेर यसलाई हेरिनु उपयुक्त नहुने पनि उनले स्पष्ट पारे ।

उपस्थित अतिथिहरुलाई उपाध्यक्ष बालगोपाल उपाध्यायले र धन्यवाद ज्ञापन उपसचिव अशिम कोइरालाले गरेका थिए । बन्द सत्रले अध्यक्ष केशव जोशीले पेश गरेको सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दिपक पहाडीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
बन्द सत्रबाट सर्वसम्मत चयन भएकाहरुको नामावली यसप्रकार छ –


अध्यक्ष रमेश पौडेल
उपाध्यक्ष दिपक पहारी
सचिव मिलन पाठक
सहसचिव किशोर भण्डारी
निर्वाचित कार्यकारी सदस्यहरू
1. सुजन श्रेष्ठ
2. दिनेश पाण्डे
3. रमेश पाण्डे
4. प्रेम शाही
5. युवराज पहाडी
6. नारायण बस्नेत
7. स्नेहा न्यौपाने
8. लेनिन पौडेल
9. सुवास सुवेदी
10. राजु गौचन
11. कृष्ण सापकोटा
12. मुगेन्द्र गौतम
13. प्रकाश पौडेल
14. अरुण गौतम
15.चन्द्र कुवर
16. रविन भुषाल
17. गणेश राज गौतम
18, मोहन शर्मा
19. तेज बिक्रम मल्ल
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पाण्डे, विशेष अतिथि थापा, ओएनएफ अन्तर्राष्ट्रिय सदस्य शिशिर नेपाल र माधव शाह, अष्ट्रेलिया उपाध्यक्ष राम घिमिरे , निर्वाचन प्रमुख होम पाण्डे, ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्याय लगायतका अगुवाहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।