काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको परिवारले जनाएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको उनको परिवारले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
शनिबार भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएको छ ।
अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको पारिवारिक स्रोतले बताएको हो ।
अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय(समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको भारतीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भारतीले अस्पताल परिवारलाई धन्यवादसमेत व्यक्त गरेकी छन् ।
प्रतिक्रिया