माओवादी स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी आजै टुंगो लगाउने

माओवादी स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी आजै टुंगो लगाउने


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आ‍ज (शनिबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ ।

यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन बोलाइएको बैठक निष्कर्षविहीन सकिएको थियो । माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी टुङ्ग्याउन सकेको छैन् ।

महासचिवको विषयले कारण माओवादीमा पदाधिकारी चयन पेचिलो बनेको छ। वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङले महासचिव पदमा आकांक्षा राखेसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्ठ्यारोमा परेका छन्।