होबार्टमा सुजन चापागाईंको लाइभ कन्सर्ट, टिकट बिक्रीमा दर्शकको उत्साह

होबार्टमा सुजन चापागाईंको लाइभ कन्सर्ट, टिकट बिक्रीमा दर्शकको उत्साह


तस्मानिया । नेपाली चर्चित गायक सुजन चापागाईं एण्ड द इन्फिनिटी ब्याण्डको लाइभ कन्सर्ट तस्मानियाको होबार्टमा आयोजना हुने भएको छ । मुग्लान इन्टरटेन्मेन्ट हबको आयोजनामा हुने कार्यक्रम आगामी जुलाई २ तारिख होबार्ट सिटी हलमा साँझ ६ बजेदेखि सुरु हुनेछ ।

कार्यक्रम घोषणा भएको दुई दिनमै अर्ली बर्ड टिकट बिक्री सकिएको आयोजक सन्देश श्रेष्ठले केबीसी खबरलाई जानकारी दिएका छन् । टिकट बिक्रीको अवस्था हेर्दा कार्यक्रममा एक हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

सुजन चापागाईं नेपाली संगीत क्षेत्रमा पछिल्लो समय निकै रुचाइएका गायकका रूपमा चिनिन्छन् । उनका ‘गाला पुक्का’, ‘फूलथुङ्गा’, ‘घुम्दैछु म’ लगायत गीत नेपाली दर्शकमाझ लोकप्रिय छन् । तस्मानियासहित सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, एडिलेड लगायत अष्ट्रेलियाका विभिन्न शहरमा पनि उनको सांगीतिक कार्यक्रम आयोजना हुँदैछ । अष्ट्रेलियाभरको यो टुर ‘द पिक इभेन्ट्स’ले व्यवस्थापन गरिरहेको जनाएको छ ।

आयोजकका अनुसार होबार्टमा नेपाली समुदायको राम्रो सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा सुजन चापागाईंले आफ्नो ब्याण्डसहित लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।

तस्मानियामा नेपाली कलाकारको कार्यक्रमप्रति दर्शकको आकर्षण बढ्दै गएको अवस्थामा यो कार्यक्रमलाई पनि विशेष रूपमा हेरिएको छ ।