लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बासडर नियुक्त

लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बासडर नियुक्त


अष्ट्रेलिया — लोकप्रिय नेपाली अभिनेत्री वर्षा सिवाकोटी लाई सक्सेस एजुकेशन तथा भिसा सर्भिसेसको आधिकारिक ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरिएको छ।

सक्सेस एजुकेशन तथा भिसा सर्भिसेसले विगत एक दशकभन्दा बढी समयदेखि अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा आप्रवासीहरूलाई शिक्षा, करियर मार्गदर्शन तथा भिसा प्रक्रियामा सहयोग गर्दै आएको छ। संस्थाले आफ्नो सेवा विस्तार गर्दै नेपाल, भारत, फिलिपिन्स, मंगोलिया, भियतनाम लगायत दक्षिण एशियाली क्षेत्रका विभिन्न देशहरूमा शाखा स्थापना गरिसकेको छ भने युरोप र दक्षिण अमेरिका क्षेत्रमा समेत अनलाइन माध्यममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

अष्ट्रेलियाभित्र पनि संस्थाले सिड्नी, क्यानबेरा, गोल्ड कोस्ट लगायत विभिन्न प्रमुख सहरहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै सेवा सञ्चालन गर्दै आएको छ।

यस सहकार्यलाई औपचारिकता दिन संस्थाका गोल्ड कोस्ट तथा कुमारीपाटीस्थित निर्देशक राम कार्की र अभिनेत्री वर्षा सिवाकोटीबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो।

संस्थाका अनुसार, वर्षा सिवाकोटीको लोकप्रियता, प्रभाव तथा युवापुस्तामाझको बलियो पहुँचले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ब्रान्डको पहिचानलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।