अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले बढ्दो महँगीका बीच सवारीधनीलाई राहत दिन कार रजिस्ट्रेशन ९रेजो० शुल्कमा राहत दिने नयाँ योजना घोषणा गरेको छ। यस योजनाको उद्देश्य दैनिक खर्च बढ्दै गएको अवस्थामा सर्वसाधारणलाई आर्थिक सहयोग प्रदान गर्नु हो।
सरकारका अनुसार योग्य सवारीधनीहरूले आफ्नो वार्षिक रजिस्ट्रेशन शुल्कमा करिब २० प्रतिशतसम्म फिर्ता रकम फिर्ता प्राप्त गर्न सक्नेछन्। यस अन्तर्गत एक गाडीमा अधिकतम करिब १८० डलरभन्दा बढी फिर्ता पाउन सकिने अनुमान गरिएको छ।
यो सुविधा मुख्यतः व्यक्तिगत प्रयोगका लागि दर्ता भएका हल्का सवारी साधनहरूमा लागू हुनेछ। भारी तथा व्यावसायिक प्रयोजनका सवारीहरू भने यस योजनामा समावेश नहुने जनाइएको छ।
सरकारले यो योजना महँगी नियन्त्रण तथा जीवनयापन खर्च घटाउने उपायको रूपमा ल्याएको बताएको छ। आवेदन प्रक्रिया अनलाइनमार्फत गरिनेछ र स्वीकृत भएपछि रकम सिधै लाभग्राहीको बैंक खातामा पठाइनेछ।
विज्ञहरूका अनुसार यो कदमले अल्पकालीन राहत दिने भए पनि दीर्घकालीन आर्थिक प्रभावका विषयमा भने अझै छलफल भइरहेकै छ।

प्रतिक्रिया