काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक सोमबारका लागि बोलाएको छ । काँग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।
कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन गरेर भोलि बस्ने कार्यसम्पादन समितिमा पेस गरिने छ। भोलिको बैठकको मुख्य एजेण्डा संसदीय दलको नेता चयन नै रहेको बुझिएको छ।

प्रतिक्रिया