काठमाडौं । आगामी शनिबार बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगर प्रहरीले माइकिङ गरेको छ । बिहीबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानसहित महानगर प्रहरीले थापाथली सुकुम्बासी बस्तीमा माइकिङ गरेको हो ।
सरकारले बल प्रयोग गरेर बस्ती उठाउन खोजे प्रतिवाद गर्ने संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले चेतावनी दिएको छ । मोर्चाको बिहीबार बसेको बैठकमा बस्ती उठाउन खोजे प्रतिवाद गर्ने निर्णय भएको मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले जानकारी दिएका हुन् ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहले बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया