पाटनको श्रीकृष्ण मन्दिरमा जन्माष्टमीको रौनक (फोटोफिचर)

पाटनको श्रीकृष्ण मन्दिरमा जन्माष्टमीको रौनक (फोटोफिचर)


भदौ ३, काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाउँदैछन् । हिन्दु धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा आजकै दिन अर्थात् भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ।

ललितपुर (पाटन) स्थित कृष्णमन्दिरमा श्रीकृष्ण मन्दिरमा पूजा अर्चना लागि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।