काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत सिमोन अर्नेष्टले भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेट अघिल्लो पटक प्रधानमन्त्री बालेन्द्र साहसँग भएको भेटपछि तय गरिएको थियो । नयाँ परराष्ट्र मन्त्री आएपछि परिचयका लागि गरिएको भेटमा दुई देशबीचको विभिन्न विषयमा कुराकानी भएको दूतावासले जनाएको छ ।
मुख्यतः अष्ट्रेलियामा रहेको नेपाली डायस्पोरा, दुई देशबीचको आर्थिक गतिविधिको बढोत्तरी, शैक्षिक क्षेत्रका साथै ६ दशक लामो सम्बन्धलाई दिगो बनाउने विषयहरु खुला रुपमा कुराकानी भएको राजदूत अर्नेष्टले दूतावासको फेसबुक पेजमा लेखिएको छ । भेटमा दूतावासका अन्य कर्मचारी पनि सहभागी भएका थिए ।
अष्ट्रेलिया र नेपालको सम्बन्ध ६ दशकभन्दा लामो हो भने अष्ट्रेलियामा करिब तीन लाख नेपाली बसोबास गर्दछन् । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको लागि रोजाईको गन्तव्य हो भने पछिल्लो समयमा अष्ट्रेलियन नागरिकता लिने नेपालीहरुको संख्या बढ्दो छ ।


प्रतिक्रिया