जेन्जी आन्दोलनमा गोली : कार्की आयोगको सिफारिश अध्ययन गर्न बन्यो समिति

जेन्जी आन्दोलनमा गोली : कार्की आयोगको सिफारिश अध्ययन गर्न बन्यो समिति



काठमाडौ । सरकारले जेनजी आन्दोलनमा भएका घटनाको जाँचबुझका लागि गठित उच्चस्तरीय आयोगले दिएको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा सुरक्षा संयन्त्रका हकमा अध्ययन गरी आवश्यक सिफारिस गर्न समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाएको हो ।

समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरिक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक टेकप्रसाद राई सदस्य रहेका छन् ।