काँग्रेसमा किचलो, कडा आयो पूर्णबहादुर खड्काको भनाई

काँग्रेसमा किचलो, कडा आयो पूर्णबहादुर खड्काको भनाई



काठमाडौं । तत्कालीन अवस्थामा काँग्रेसका कार्यवाहक सभापति रहेका नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा एक विज्ञप्ति जारी गर्दै आफ्नो सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका छन् । कुनै नेताको लहडमा सदस्यता खारेज हुन नसक्ने उनको भनाई छ । यसअघि फेरि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति आए अनुशासनको कारवाही गर्ने चेतावनीलाई बेवास्ता गर्दै उनले आफ्नो गुटले अब सहेर नबस्ने संकेत दिएका हुन् । यस्तो छ उनको भनाई

आदरणीय पार्टीका विभिन्न तहका पदाधिकारी, सदस्य एवं क्रियाशील सदस्य साथीहरू, हार्दिक जय नेपाल।

पार्टीको नियमित पन्ध्रौ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्व सन्ध्यामा विवादको भूमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्टनै छ।

आम निर्वाचनको मुखैमा पार्टीभित्र मत विभाजन गर्ने कार्य उपयुक्त होइन भनि पन्ध्रौ महाधिवेशन नै निर्वाचन पछि गर्ने गरि २०८३ वैशाख २८ देखि ३१ गते सम्ममा पन्ध्रौ महाधिवेशन काठमाण्डौमा सम्पन्न गर्ने गरि महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्य सम्पादन समितिको वैठकले संशोधन सहित पारित गरेको सन्दर्भमा तत्कालिन महामन्त्रीहरु आफै उपस्थित भई गरेको निर्णयको भावना विपरित हुने गरि विशेष महाधिवेशनको माग गर्ने हस्ताक्षरकर्ताहरुको नेतृत्व गर्दै एकपक्षिय उपस्थिती र सहभागितामा आयोजना गरिएको कथित विशेष महाधिवेशन र सोही महाधिवेशनवाट घोषणा गरिएको कार्यसमितिलाई अध्यावधिको नाममा मान्यता दिने गरि बहुमतका आधारमा गरिएको निर्वाचन आयोगको निर्णय नेपाली कांग्रेस पार्टीको विधान, नेपालको संविधान र दल सम्वन्धी कानूनी व्यवस्थाको विपरित भएको र यसले नेपाली कांग्रेसलाई मात्रै गंभिर अन्याय गरेको छैन वरु नेपालको दलिय व्यवस्थालाई नै कम्जोर पार्ने देखिएको भनि न्यायिक निरुपणका लागि हामीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको र सो विषय अहिले पनि सम्मानित सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ।

पार्टीको आधिकारिकता सम्वन्धमा विवाद विचाराधिन रहेको अवस्थामा तथाकथित विशेष महाधिवेशनवाट बनेको केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको पन्ध्रौ महाधिवेशनका लागि विधान वमोजिम गरिएको क्रियाशील सदस्यता नविकरण तथा वितरणलाई सार्वजनिक भाषण वाट खारेजीको घोषणा गरिएको कुरा सार्वजनिक संचार माध्यमवाट सम्प्रेषण भएको विषयले हामीलाई आश्चर्यचकित र गंभिर बनाएको छ।

निर्दलीय निरंकुश पंञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिवन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषण मार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन । यो सदस्यता त कुनै नेताको हारजीत संग होइन नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नगारिक स्वतन्त्रताको लडाई, योद्धाहरुको योगदान र सहादत प्राप्त गरेका शहिद परिवारको सम्मान संग जोडिएको ऐतिहासिक निस्सा हो।

त्यसैले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको वेला कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु जति वदनियतपूर्ण छ, २०८३ वैशाख २८ देखि ३१ गते सम्म काठमाण्डौमा सम्पन्न हुने गरि पन्ध्रौ महाधिवेशनको कार्यतालिका सार्वजनिक भईसकेको अवस्थामा सोही महाधिवेशनको कार्यतालिकाको समयसिमा भित्र रहि नवीकरण तथा वितरण भएका क्रियाशील सदस्यता खारेज भयो अव फेरी अध्यावधी गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन भन्नु झन् सरासर अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक देखिएकोले पार्टीका शीर्ष नेताहरु, सवै तहका पदाधिकारी सदस्यहरुसंगको गहन छलफल र परामर्शवाट हामी यो निष्कर्षमा पुगेका छौ कि,

९क० नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आवद्धताको प्रमाण पत्र मात्रै होइन पार्टीको ऐतिहासिक जीवन संग जोडिएको योगदान र निरन्तरताको निस्सा हो।

९ख० पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा वाहेक आम सदस्यहरुको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न सक्दैन।

९ग० निर्धारित कार्यतालिका मित्र नविकरण गर्न वा नयाँ लिन छुटेका सदस्यहरुको हकमा थप सुविधा दिने कुरा स्वभाविक हुन्छ तर २०८३ वैशाख २८ देखि ३१ गते पन्ध्रौ महाधिवेशनको कार्यतालिका प्रकाशित भई क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गरिएको छ । पन्धौ महाधिवेशन नै नभइकन फेरी नविकरण गर्ने भन्ने कुरा गर्नु पुर्वाग्रही र आपत्तिजनक छ।

९घ० पार्टीभित्र र बाहिर देखिएका विभिन्न उतारचडावका वावजुत संयम, धैर्य र अविचलित भई विधानले निर्धारित गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिका भित्रनै नविकरण तथा नयाँ सदस्यता लिन चाहाने तर छुटेका साथीहरुलाई समेत उचित अवसर दिई पन्ध्रौ महाधिवेशन सम्पन्न गरिने कुरा स्पष्ट पारिन्छ।

अत, मुलूक विषम राजनीतिक परिस्थितीमा गुज्रिरहेको वेला पार्टी भित्र वृहत एकता खोज्नुको सट्टा पार्टीलाई थप कम्जोर वनाउँने गतिविधि कहि कसैले पनि गर्नु उचित हुँदैन। तसर्थ यस्तो कार्य नगर्न नगराउँन सम्वन्धित पक्षको ध्यानाकर्षण गराउँदै, यस्ता अव्यवहारिक तथा आम पार्टी पंत्तिमा भ्रम पार्ने र निराशा सृजना गर्ने खाल्का कृयाकलाप र गतिविधिवाट अलग रहन तथा यस्ता कुनै पनि गतिविधीवाट प्रभावित र विचलित नभई राष्ट्र, जनता र पार्टी हितमा निरन्तर क्रियाशील रहन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, समर्थक एवं शुभचिन्तक साथीहरुमा हार्दिक अपिल र अनुरोध गरिन्छ। जय नेपाल।