मेलबर्न, अष्ट्रेलिया ।
नेपाली सामूदायिक क्रिकेट प्रतियोगिता न्याभ कपको २१ औं संस्करण फार वेष्ट हन्टर्स क्रिकेट क्लबले जितेको छ । यस वर्ष पनि फाईनल प्रतिपर्धामा फारवेष्टको प्रतिस्पर्धा एक्सपर्ट सगरमाथा ब्लूजसँग नै भएको थियो । टस जितेर पहिले व्याटिङ रोजेको फारवेष्ट हन्टर्सले १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङमा उत्रिएको एक्सपर्ट सगरमाथा क्लब १ सय ५४ रनमै सीमित बनेको थियो । यस जीतसँगै फारवेष्ट हन्टर्सले उपाधि र ५ हजार ५ सय डलर पुरस्कार पनि हात परेको छ । दोश्रो टिमले २ हजार १ सय डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
व्यक्तिगत विधातर्फ टीडब्लूजीजी क्रिकेट क्लबका सुनील भाट उत्कृष्ट व्याट्सम्यान घोषित भए भने उज्वल थापा उत्कृष्ट बलर बने । फारवेष्ट हन्टर्सका दिपेश विष्ट प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्न सफल भए ।

न्याभ कपसँगै गरिएको च्यारिटी कपमा फारवेष्ट कम्युनिटी क्लबले एनएनसीआई कम्युनिटी कलबलाई पराजित गरेको थियो । यस्तै स्पेर्टस चौतारी किड्स टुर्नामेन्टमा ३५ जना बालबालिका सहभागी भए भने सबै सहभागीहरुलाई मेडल प्रदान गरिएको थियो । न्याभ स्पोर्टस चौतारीका संयोजक सुनील खड्काले प्रतियोगिताको माध्यमबाट समूदायकाबीचमा सहकार्य र सद्भावको सञ्चार गर्ने सफलता प्राप्त भएको बताएका छन् ।


प्रतिक्रिया