काठमाडौं । नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। बैठकमा सभापतिले दिएको राजीनामाका विषयमा छलफल हुनेछ । गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए। पूर्वसभापति शेरबहादुर देउवाले कार्यवाहक दिएर आफु राजनीतिबाट अलग बस्ने बताए पनि चलखेल गर्न नरोकेपछि बाध्यात्मक अवस्थामा विशेष अधिवेशन गर्नुपरेको गगनले बताउँदै आएका थिए । उनले गरेको विशेष अधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । उनकै हस्ताक्षरमा देशभरका प्रत्यक्षतर्फका उम्मेद्वारहरुले चुनावमा प्रतिस्पर्धा गरेका थिए ।
विशेष महाधिवेशन लत्ततै कांग्रेस निर्वाचनमा होमिएको थियो। निर्वाचनमा थापा सर्लाही ४ मा रास्वपाका अमरेश सिंहसँग पराजित बनेका थिए। निर्वाचनपछि उनले राजीनामा गर्नुपर्ने देउवा पक्षकाहरुले माग गरेका थिए । यद्यपि राजनीतिक संस्कारका हिसाबले राजीनामा नै दिनुपर्ने धेरै ठाउँमा आवाज उठेको थियो ।

प्रतिक्रिया