साफ फुटबल प्रतियोगितामा नेपाल पराजित, भारत बन्यो विजेता

साफ फुटबल प्रतियोगितामा नेपाल पराजित, भारत बन्यो विजेता


काठमाडौं ।

माल्दिभ्सको राजधानी मालेमा सम्पन्न भएको साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । फाईनलमा नेपाललाई तीन गोलले पराजित गर्दै भारतले उपाधिमा कब्जा जमाएको हो । नेपालले पहिलो हाफमा राम्रो खेल प्रदर्शन गरेपनि दोश्रो हाफको पहिलो पाँच मिनेटमा नै भारतले दुई गोल ठोकेको थियो । दोस्रो हाफको सुरुवातमा नै नेपालले दुई गोल खान पुग्यो ।

कप्तान सुनिल सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाए । पहिलो गोल खाएपछि सम्हालिन नपाउँदै भारतले दोस्रो गोल ग¥यो । सुरेश सिंह वाङजमले एक मिनेटपछि नै भारतको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा सहाल अब्दुद समादले अर्को गोल गर्दै भारतलाई सहज जीत दिलाए ।

तेह्र प्रतियोगितामा आठ पटक भारत विजेता बनेको छ । नेपाल पहिलो पटक साफको फाईनलमा प्रवेश गरेको थियो । नेपालबाट धेरै अपेक्षा गरिएको भएपनि एक गोल पनि फर्कउन नसक्दै उसले खेल गुमाउन पुगेको छ ।

नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ८ मध्ये नेपाल ६ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्। यो जीतसँगै १३ संस्करणमध्ये भारतले ८ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक(एक उपाधि जितेका छन्।

सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।

नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्।