राजावादी अभियन्ता दुर्गा प्रसाई पक्राउ परे

राजावादी अभियन्ता दुर्गा प्रसाई पक्राउ परे



काठमाडौं । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो ।

सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए । कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको विवादित अभिव्यक्ति पछि उनी पोखराबाट पक्राउ परेका थिए ।

यस पटक भने उनलाई सरकारले अनुमति नै नदिएको कार्यक्रममा गएर मानिस भड्काउने तयारी गरपछि पक्राउ गरिएको हो । प्रहरीले भने उनलाई पक्राउ गर्नुको कारण खुलाइसकेको छैन । उनी रौतहटमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने भन्दै त्यसतर्फ लागेका थिए ।