काठमाडौँ । जुम्लाकी रास्वपा उम्मेदवार विनिता कठायत राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीबीच जुहारी चलेको छ । जुम्लाको विकासभन्दा पनि आरोपको केन्द्रमा शाहीले सम्बन्धको दुरुपयोग गरेर घण्टीवाहक उम्मेद्वारलाई भोट नहाल्न आग्रह गर्न थालेपछि कठायत आक्रोशित भएकी छिन् ।
पत्रकार सम्मेलन गर्दै कठायतले बालेन साह र रवि लामिछानेको औंला समाएर चुनाव जित्ने दाउमा शाही लागेको आरोप लगाइन् । ‘बालेन साह मेरो साथी हुन्’ भनेर शाहीले भोट मागिरहेको उनको आरोप छ ।
कठायतले भनिन्, ‘यहाँ जो महिलाले रवि लामिछाने, बालेन साह भनिरहेका छन्, उनीहरुलाई मेरो साथी हुन्, मैले नै खगेन्द्र ९सुनार०लाई रास्वपा पठाएको हुँ, मै पछि माथि गएर मन्त्री बन्ने हुँ भनेर ढाँट्ने रु ठग्ने समय सकिइसक्यो ।’
उनले शाहीलाई आफूले झूट बोलेको स्वीकार गरेर जनतासँग माफी माग्न पनि सुझाव दिएकी छिन् ।
‘यो गलत हो । यस्तो गलत प्रचार गरेर कोही माथि पुग्दैन । जनता सचेत भइसकेका छन् । तपाईंंले जनतासँग माफी माग्नुपर्छ । यस्तो ठाउँमा यस्तो प्रचार गर्ने रु अलिकति लाजसरम हुनुपर्दैन रु पर्सि आमसभामा बालेन साह र रवि लामिछाने आएर बोलिराख्दा तपाईंले के गर्नुहुन्छ रु के जवाफ दिनुहुन्छ नागरिकलाई रु तपाईंका साथीले के जवाफ दिन्छन् रु घन्टी पनि मेरै, हलो पनि मेरै भनेर त भोट मागिदैँन होला,’ आक्रोशित बन्दै उनले भनिन् ।
कठायतले संसदमा छँदा शाहीले एउटा पनि विधयेकमा संशोधन नहालेको आरोप लगाइन् । प्रचण्ड र केपी ओलीलाई गाली गरेर मात्र जुम्लाको विकास नहुने उनो तर्क छ ।
उनले भनिन्, ‘सदनमा हुँदा एक मात्र सांसद देखेको हुँ, जसले एउटा पनि विधेयकमा संशोधन गरेन । एउटा पनि कानून बनाउन सहयोग गरेन, जुन कानूनले कर्णालीको विकासमा टेवा पुगोस । एउटा पनि विल छैन उहाँको, संसदको बुक हेर्नुस् । तपाईंले केही गर्नुभएन । माथि गएर प्रचण्डलाई, केपी ओलीलाई गाली गरेर यहाँ विकास आउँदैन । हामी कानून परिवर्तन गर्न गएका हौं । कानून परिवर्तन गर्न लाग्नुपर्छ । एउटा पनि छैन तपाईंको ।’
शाहीले रास्वपाबाटै टिकट लिएर चुनाव लड्न खोजेको तर पार्टीले नमानेको कठायतले बताइन् ।
उनी भन्छिन्, ‘जुम्ला आउनुभन्दा एक घन्टा अगाडिसम्म पनि रास्वपाबाट चिन्ह देऊ र सुर्खेतबाट लड्छु भनेर लबिङमा हुनुहुन्थ्यो । खुद मैले पनि लबिङ गरेको हो, उहाँलाई आउनुस्् रास्वपामा भनेर । तर पार्टीले त पत्याएन । त्यो त हाम्रो गल्ती होइन नि त । फेरि अहिले यहाँ आएर रवि र बालेन साहको औंला समातेर चुनाव जित्न खोज्ने रु
यसको जवाफमा राप्रपा उम्मेद्वार शाहीले गाली गलौजको राजनीति आफुले नगर्ने बताएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै स्पष्टीकरण दिन प्रयास गरेका छन् । यस पटक जुम्लाको निर्वाचनमा पत्रकार मनऋषि धिताल पनि मैदानमा छन् ।

प्रतिक्रिया