काठमाडौं । रास्वपाका नेता बालेन्द्र साहको प्रचारका सिलसिलामा उनको टिमसँगै रहेका रंगपत्रकार दिनेश सिटौलाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानमा सघाउन अछाम पुगेका बखत सिटौला अचानक बेहोस भएर लडेका थिए । उनलाई तत्कालै काठमाडौं ल्याएर ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । हिजो अस्पतालले उनलाई मृत घोषणा गरेको हो । त्रिवि अस्पतालमा गरिएको पोस्टमार्टमबाट शरीरमा कुनै चोटपटकको निशान नभएको देखिएको छ ।
अस्पतालले औपचारिकरुपमा पोस्टमार्टमको रिपोर्ट दिन केही समय लाग्छ । विवादित मृत्युका घटनाहरूमा प्रहरीले अनौपचारिक तवरबाट जानकारी लिने गरेको छ । त्रिवि अस्पतालको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले ब्रेन ह्यामरेज नै मृत्युको कारण भएको बतायो ।
सिटौलाको निधनलाई लिएर सामाजिक सञ्जालमा नानाथरि शंका(उपशंका र अफवाहहरुको खेती चलेको थियो ।

प्रतिक्रिया