काठमाडौं । यतिबेला नेपाल राजनीतिक संक्रमणकोअवस्थामा छ । विश्वका धेरै देशमा यस्तो संक्रमण रहन्छ । तर, त्यहाँ केही क्षेत्रहरुलाई अनावश्यक आक्रमणको निशाना बनाइदैन । जेन्जी आन्दोलनको क्रममा किशोर किशोरीहरुले जुन खालको आगजनी गरे त्यसले अन्तर्राष्ट्रियस्तरमै नेपालको छवि यतिबेलो बिग्रिएको छ । विद्यार्थी भिसा दिने देशहरुले पनि किशोर किशोरीहरु नै आन्दोलनकारी भएपछि उनीहरुको संलग्नता, उनीहरुको बानी व्यहोरामा समेत विशेष कडाई गरी छानविन पछि मात्रै भिसा दिन थालेका छन् । पछिल्लो समय अष्ट्रेलियामा रिजेक्ट भएका भिसाहरुमा यस्तै कारणहरुले काम गरेको बुझिन्छ । अझ नेपालको एसेस्मेन्ट लेभल नै तल झर्नुको एउटा महत्वपूर्ण कारण नै यसलाई मानिएको छ । अमेरिकाले नेपाललाई स्थायी बसोबास दिने प्रक्रियामा नै कडाई गरिसकेको छ । भिसाका लागि उसले थप धरौटी समेत लाग्ने नियम ल्याइसकेको छ । पछिल्लो समय कोरिया नेपाली कामदारुको भरपर्दो गन्तव्य बनेको थियो । तर, नेपालमा भएका बारम्बारका आन्दोलन, धर्ना र विनातर्कका मागहरुका कारण उनीहरुले पनि चासो र चिन्ता व्यक्त गर्न थालेका छन् ।
रोजगार अनुमति प्रणाली ईपीएसमा कार्यरत कर्मचारीको सुरक्षाप्रति दक्षिण कोरियाली सरकारले चासो व्यक्त गर्दै सरकारलाई चिठ्ठी नै लेखिसकेको छ । शुक्रबार कोरियास्थित नेपाली दूतावासका अधिकारीहरूसँगको बैठकमा कोरियाली पक्षले आफ्ना कर्मचारीको सुरक्षाप्रति चासो व्यक्त गरेको हो ।
दुई वर्षदेखि ईपीएस मार्फत कोरिया जान नपाएको भन्दै युवाले ईपीएस शाखा कार्यालयमा विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले ललितपुर ग्वार्कोमा रहेको ईपीएस शाखा कार्यालयमा विरोध प्रदर्शन गर्दै आएका हुन् ।
दिनहुँ विरोध प्रदर्शन हुँदै गएपछि कोरियाली अधिकारीहरूले आफ्ना कर्मचारीको सुरक्षाप्रति चिन्ता र चासो व्यक्त गरेका हुन् ।
ह्युमन रिसोर्सेस डेभलपमेन्ट सर्भिस अफ कोरिया एचआरडी कोरिया मा कार्यरत कर्मचारीहरूको फोटो बोकेर प्रदर्शनकारीले प्रदर्शन गर्ने गरेको भन्दै कोरियाली अधिकारीहरूले चासो व्यक्त गरेका हुन् ।
‘हाम्रा इम्प्लोइहरू एचआरडी सेन्टरमा बसेका कामदारहरूलाई थ्रेटन भयो, त्यस्तो हो भनेदेखि हामीले के गर्नुपर्ने हो रु हाम्रा मान्छेहरुलाई, हाम्रा रोजगारदातालाई हामीले फिर्ता लिएर आउनुपर्ने हो कि रु भनेर चासो व्यक्त गरियो,’ दूतावास स्रोतले भन्यो ।
ईपीएस कार्यालयमा भइरहेको दिनँहुको आन्दोलनपछि आफ्ना कर्मचारीका परिवारहरू समेत चिन्तित बनिरहेको उनीहरूले बताएका थिए ।

प्रतिक्रिया