बालेनको प्रचारमा सुदूरपश्चिम पुगेका पत्रकार सिटौलाको निधन

बालेनको प्रचारमा सुदूरपश्चिम पुगेका पत्रकार सिटौलाको निधन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र साहको चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

ग्रान्डी अस्पतालका अनुसार उनको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो ।

बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।

अन्तिम श्रद्धाञ्जलीका लागि पत्रकार सिटौलाको शव चलचित्र विकास बोर्डमा दिउँसो २ः३० देखि ३ः०० बजे सम्म राखिनेछ । उनी फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक पनि हुन् ।