काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन गरेको आयोगको म्याद २० दिन थपेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् आयोगको म्याद दोस्रोपटक थप गर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको एक महिना थपेको थियो ।
यस अवधिमा पनि काम नसकिएको भन्दै आयोगका अध्यक्ष कार्कीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पुन: म्याद थपका लागि अनुरोध गरेका थिए ।
आयोगले भदौ २३ र २४ गतेको घटनासँग जोडिएका सबै उच्च अधिकृतको बयान लिइसकेको छ । अब प्रतिवेदन लेखनको काम बाँकी रहेको आयोगका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया