काठमाडौं । पछिल्लो समय राजासहितको समझदारी गर्नुपर्छ भन्दै चुनावको विरोध गर्दै आएका निकोलस भुसाल वीर अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्इमा समस्या आएपछि उनका नजिकका व्यक्तिहरुले अस्पताल लगेका हुन् ।
९ दिनदेखि माइतीघरमा अनसन बसिरहेका भूसालको बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याइएको हो।
उनलाई चिकित्सक संघका पहलमा उपचारका लागि लगिएको हो।
भूसाललाई भर्ना गरेर स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको वीर अस्पतालका निर्देशक दिलिप शर्माले जानकारी दिए।
ुप्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलन क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने लगायतका माग राखेर अनसन बसिरहेका छन्।

प्रतिक्रिया