आज मेस्सी दिल्लीमा, सुरक्षा व्यवस्था कडा पारियो

आज मेस्सी दिल्लीमा, सुरक्षा व्यवस्था कडा पारियो



एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसी हाल भारत भ्रमणमा छन्।

पश्चिम बङ्गालमा उनी सहभागी एक कार्यक्रममा मच्चिएको हङ्गामालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

दिल्लीमा आज हुने कार्यक्रमका लागि प्रहरीले अरुण जेटली रङ्गशाला र त्यस वरपर मल्टी लेयर्ड सुरक्षा व्यवस्था मिलाएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यो कार्यक्रम दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने जानकारी दिएका छन्।

यसअघि शनिबार मेसी कोलकाताको साल्ट लेक रङ्गशाला पुग्दा दर्शकहरूमा ठूलो उत्साह देखिएको थियो।

तर, मेसी त्यहाँबाट चाँडै बाहिरिएपछि दर्शकहरूको उत्साह आक्रोशमा बदलियो। त्यस क्रममा आक्रोशित दर्शकले रङ्गशालामा कुर्सी र बोतलहरू फ्याँकेको दृश्य समेत सार्वजनिक भएको थियो।