प्रदिप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतको आदेश

प्रदिप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतको आदेश



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।
आइतबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अधिकारीलाई पुर्पक्षमा थुनामा पठाउन आदेश दिए पनि अधिकारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र भण्डारीसहित ५ जना विरुद्ध यहीँ मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जसमा अधिकारी र भण्डारी अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा थिए ।