टग अफ वारमा नोबेल एकेडेमी वानेश्वर पहिलो स्थानमा

टग अफ वारमा नोबेल एकेडेमी वानेश्वर पहिलो स्थानमा



काठमाडौं । डोरी तान्ने खेल अर्थात टग अफ वार कुनै समय विद्यालयहरुमा धेरै नै चर्चाको विषय हुन्थ्यो । हरेक अतिरिक्त क्रियाकलापमा यस्तै खेल खेलाईन्थ्यो । तर, पछिल्लो समय लोजस्तै हुन लागेको हिसान बागमती प्रदेशको आयोजनामा सम्पन्न भएको छ । प्रतियोगिता भक्तपुरको एसओएस ग्राउण्डमा सम्पन्न भएको छ । प्रतियेगितामा विभिन्न कलेजका ११,१२ तथा स्नातक तहका १०० भन्दा बढी विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएको वाग्मती हिसान प्रदेशका अध्यक्ष राज कुमार आचार्यले हामीलाई जानकारी दिएका छन् ।
विद्यार्थीहरुको खेल प्रतिको लगाव देखेर आगामि दिनमा पनि यस्ता खेल प्रतियोगिता आयोजना गर्ने हिसान बाग्मती प्रदेशले जनाएको छ । अघ्यक्ष आचार्यले उक्त कार्यक्रममा खेल लाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण महानुभाबहरू प्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थिति जनाउने केन्द्रीय, प्रदेश, जिल्ला, महानगर तथा पालिका–स्तरका हिसानका पदाधिकारी, सल्लाहकार, तथा प्राविधिक टिम, नेपाल डोरी तान संघका सुर्य बहादुर भट्टराई लगायतले उत्साहपूर्वक हेरेका थिए ।


प्रतियोगितामा ब्रिजवाटर इन्टरनेशनल कलेज (छात्रातर्फ प्रथम) समृद्धि कलेज (छात्रातर्फ दोस्रो) नोबेल एकेडेमी (छात्रतर्फ प्रथम) हुन सफल भए । यस्तै एशिया प्यासिफिक कलेज (छात्रतर्फ दोस्रो) भएका थिए प्रथम हुने टोलीहरुले २०,०००,नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोश्रो हुनेले १५,००० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।