काठमाडौं ।
कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार द्वादशीका दिन प्रस्तुत गरिएको छ । विप्णु अवतारमा आधारित रहेको कात्तिक नाच दश दिनसम्म प्रस्तुत गर्ने गरिन्छ ।
वराह अवतार अन्तर्गत स्वर्गलोकका राजा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित छ । यज्ञ भङ्ग भएपछि विष्णुले वराह अवतार लि हिरण्याक्ष दैत्यसँग युद्ध गर्छ । आफूहरूले हार्दै जाँदा हिरण्याक्षसहित उनका दैत्यगण भाग्छन् ।
यो अवतारअन्तर्गत आफूसँग भएको शक्ति प्रदर्शनको गलत प्रयोग गर्दा भाग्नुपर्ने अवस्थालाई दर्शाइएको छ । तसर्थ त्यसो नगर्न भन्ने सन्देश दिन खोजेको भन्ने मान्यता रहेको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा हुने कात्तिक नाचको वराह अवतारमा कृष्ण र इन्द्रको प्रस्तुति हुने गर्छ ।

नेपाल संवत् ७६१ अर्थात् विक्रम संवत् १८७९ सालमा ललितपुरका राजा सिद्धिनरसिंहले मल्ल सुरु गर्नुभएको यो नाचभन्दा लामो साङ्गीतिक भाव भएको नाच भएको मानिन्छ । देशमा विघ्नबाधा नहोस् र शान्ति सुव्यवस्था कायम रहोस् भन्ने हेतुले जनतालाई एउटै सूत्रमा बाँधेर एक ठाउँमा ल्याइ मनोरञ्जनका साथ धार्मिक, नैतिक, सामाजिक र राजनैतिक ज्ञान दिने उद्देश्यले यो नाच सुरु गरिएको मानिन्छ ।

दश दिनसम्म प्रस्तुत गरिने यो नाचमा पहिलो दिन भक्त सुरदास प्याखँ त्यसैगरी क्रमशः बाथस् प्याखँ, युद्ध कला, देवी प्याखँ, महामुख, च्वले खुदाँ दाँ खुदाँकौला खिचा, जल शयन, वराह अवतार, नरसिहं अवतार र वस्त्रहरण लीला प्रस्तुत गरिन्छ ।




प्रतिक्रिया