अलपत्र यात्रीलाई ल्याउन निगमको वाईडबडी विमान सोमबार भैरहवा जाने

अलपत्र यात्रीलाई ल्याउन निगमको वाईडबडी विमान सोमबार भैरहवा जाने



रुपन्देही । अबिरल वर्षाको कारण अलपत्र परेका यात्रुलाई सहयोग गर्नेगरी नेपाल एयरलाइन्सले भैरहवा काठमाडौं चार्टड उडान गर्ने भएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज सोमबार दिउँसो रुपन्देही पुग्नेछ ।

नेपाल एयरलायन्सको चार्टड फ्लाइटका लागि एअरलायन्सका प्रतिनिधि अरुण पन्थी ९८५७०२३६७१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

विपतको समयमा जनतलाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा काठमाडौं चाटर्ड उडान गर्न थालेको हो।