मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरिया प्रहरीले भगौडा डेझी फ्रिम्यानको पक्राउमा सहयोग गर्ने सूचनाका लागि अब १० लाख डलरको इनाम दिने भएको छ । फ्रिम्यानलाई गत अगस्टमा दुई जना प्रहरी अधिकारीको हत्या गरेको आरोप छ।
५६ वर्षीय फ्रिम्यान १२ दिनदेखि फरार छन्। प्रहरीले उत्तरी–पूर्वी भिक्टोरियाको पोरपुनका नजिकैको उनको सम्पत्तिमा विगतका यौन अपराधसम्बन्धी वारन्ट कार्यान्वयन गर्ने क्रममा उनको घरमा छापा मारेपछि उनी भागेका हुन्।
आरोप अनुसार, उनले दुई प्रहरी अधिकारीलाई गोली हानी हत्या गरेका थिए र तेस्रोलाई घाइते बनाएर धेरै हतियारसहित पैदल जंगलतिर भागेका थिए।
यो इनाम भिक्टोरियाको इतिहासमै कुनैपनि व्यक्ति पक्राउका लागि तोकिएको सबैभन्दा ठूलो हो।
प्रतिक्रिया