आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ।
हनुमानढोकाअगाडि इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि सुरू हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ। इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ।
अहिले विश्वका विभिन्न शहरमा पनि ईन्द्रजात्राको अवसर पारेर रथ बनाउने, कुमारी, भैरव र गणेशको पूजा गर्ने र भोज आयोजना गर्ने गरिएको छ । अष्ट्रेलियामा पनि सिड्नी, एडिलेड र मेलबर्नमा यो जात्रा मनाइँदैछ । शनिबार ईन्द्रजात्राको मुख्य दिन हो ।
प्रतिक्रिया