उषा खड्कीले मिस टिन वल्र्ड नेपालको छनोट गर्ने, कोरियोग्राफर रोजिन

उषा खड्कीले मिस टिन वल्र्ड नेपालको छनोट गर्ने, कोरियोग्राफर रोजिन


काठमाडौं । ‘मिस्टर एन्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करणमा निर्णायकको जिम्मेवारी पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बानियाँ, नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ कि विजेता पुजा गिरी र कोरियोग्राफरमा रोजिन शाक्यले निर्वाह गर्ने भएका छन् । आयोजक फेलिज इन्टरनेशनलले निर्णायकलाई चिनाउनुका साथै प्रतियोगिताको आवदेन समेत खुल्ला भएको जनाएको हो ।

१६ देखि २१ वर्षसम्मका युवा युवतीले भाग लिन पाउने प्रतियोगिता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर पनि हो । एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उहाँहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पुर्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगीताका शीर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ुटप मोडल अफ युनिभर्समाु नेपालको प्रतिनिधित्व गर्ने अवसरकासाथै द व्रिटिस कलेजमा २० लाख रुपैंयासम्मको छात्रवृति, आयोजकका तर्फबाट नगद पुरस्कार १ लाख तथा विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।

फस्र्ट रनरअप तथा सेकेन्ड रनर अपले ब्रिटिस कलेजबाट रु। १५ लाखसम्मको छात्रवृति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि पचास प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् ।

अडिसन जुलाई १६ अर्थात् असार ३१ गते द ब्रिटिस कलेज, थापाथलीमा हुने भएको छ ।