पूजा र आकाशको फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक

पूजा र आकाशको फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक


चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ । निमेष प्रधान निर्देशित चलचित्रमा प्रेम विछोड र कमेडीकोे सम्मिश्रण देखाइएको छ । 

आदित्य फिल्म्स्को प्रस्तुति रहेको चलचित्रलाई शिव ढकालले खिच्नुभएको हो भने सम्पादन तारा थापा ‘किम्भे’ले गर्नुभएको छ । चलचित्रको गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै सङ्गीत छ । कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सुनील थापा, छुल्ठिम गुरुङ शिशिर राणालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र असार ३१ देखि प्रदर्शनमा हुँदै छ ।