दक्षिण अस्ट्रेलियामा ‘सेल्फ इम्पावरमेन्ट थ्रु मेडिटेसन’ कार्यशाला सम्पन्न

दक्षिण अस्ट्रेलियामा ‘सेल्फ इम्पावरमेन्ट थ्रु मेडिटेसन’ कार्यशाला सम्पन्न


एडिलेड,
दक्षिण अस्ट्रेलियाको एडिलेडमा ‘सेल्फ इम्पावरमेन्ट थ्रु मेडिटेसन’ नामक कार्यशाला सम्पन्न गरिएको छ । यहा“ रहेका करिब ३० जना नेपाली समुदायका अगुवाहरु सहभागी भएको उक्त कार्यक्रमलाई अस्ट्रेलियास्थित ब्रहमाकुमारी राजयोग मेडिटेसन सेन्टरले आयोजना गरेको थियो ।

नेपाली समुदायलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रम बिभिन्न चरणमा सम्पन्न गरिएको थियो । कार्यक्रमलाई संयोजन गरेका ब्रहमाकुमारी राजयोग मेडिटेसन सेन्टरका बिकास शर्मा पोखरेलका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मेडिटेसनले कसरी हामीलाई जीवनमा आइपर्ने संकट तथा चुनौतीलाई सामना गर्न मद्दत गर्छ भन्ने बिषय रहेको थियो । यसैगरि ब्यस्त जीवनमा मेडिटेसनको महत्व र यसले हाम्रो जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा समेत अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमका माध्यमबाट एडिलेडमा रहेको ब्रहमाकुमारी राजयोज मेडिटेसन सेन्टरको बारेमा जानकारी दिनुका साथै बिश्वभरि सञ्चालनमा रहेका सेन्टरहरु र यसले मेडिटेसनका माध्यमबाट पुरयाउने बिभिन्न सेवाका बारेमा समेत जानकारी दिइएको थियो । कार्यक्रममा ध्यानका साथै बिभिन्न समुह बनाएर समुहगत छलफल समेत आयोजना गरिएको थियो । छलफल मार्फत सहभागीको मेडिटेसनप्रतिको बुझाई, मेडिटेसन गर्ने तरिकाका साथै मेडिटेसनले कसरी मानवलाई अघि बढ्न प्रेरित गर्छ भन्ने बिषयमा छलफल गरिएको ब्रहमाकुमारी राजयोग मेडिटेसन सेन्टरकी सरीता निरौलाले जानकारी दिईन् ।

कार्यक्रममा सेन्टरका प्रमुख जर्ज एडवार्डले सेन्टरका बारेमा जानकारी दिनुका साथै यसले समुदायमा मेडिटेसनका माध्यमबाट पुरयाउने सेवाका बारेमा जानकारी दिएका थिए भने सेन्टरकी समान्था ब्हाइटले ब्रम्हाकुमारीले विश्वभरि पुरयाइरहेको बिभिन्न सेवाका बारेमा जानकारी दिएकी थिईन् । यसैगरि डेमियन अट्रिमले मेडिटेसनले कसरी स्वबिकास र सोचलाई परिवर्तन गर्नसक्छ भन्ने बारेमा जानकारी दिएका थिए । करिब ३ घण्टा चलेको कार्यक्रममा नारी निकुञ्ज अस्ट्रेलिया संयोजक मञ्जु खड्का, एनआरएनए दक्षिण अस्ट्रेलिया सचिव बिनोद बानिया“, बिभिन्न ब्यवसायी, संघसंस्थाका प्रतिनिधीको सहभागीता रहेको थियो ।