आज सिड्नीमा समूदायसँग एन्जाको अन्तरक्रिया हुँदै !

आज सिड्नीमा समूदायसँग एन्जाको अन्तरक्रिया हुँदै !


सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनले आज सिड्नीमा समूदायसँग अन्तरक्रिया आयोजना गर्दैछ । प्रवासमा गरिने पत्रकारिताका क्रममा आइपरेका अप्ठेराहरु, समूदायको अपेक्षा लगायतमा केन्द्रित रहेर यो कार्यक्रम गर्न लागिएको हो । सिड्नीको रकडेलस्थित ईन्द्रेणी फंक्सन सेन्टरमा साँझ ५ बजेबाट हुने कार्यक्रममा पत्रकारहरुले समूदायसँग राखेका अपेक्षा पनि छलफल गरिनेछ । यसका साथै समूदायकोतर्फबाट कुनै जिज्ञासा भए त्यसलाई पनि संस्थागत रुपमा मेटाउने प्रयास हुने बताइएको छ ।

एन्जा सन् २०१९ मा स्थापना भएको नेपालीमूलका पत्रकारहरुको संस्था हो । गत फेब्रुअरीमा अधिवेशन सम्पन्न गरेको संस्थाले यसअघि थालिएको समूदायसँगको अन्तरक्रियालाई निरन्तरता दिएको हो । कार्यक्रममा न्यूसाउथवेल्समा क्रियाशील रहेका विभिन्न सामाजिक संघसंस्थाहरुलाई निमन्त्रणा गरिएको छ ।