न्यूयोर्क, अमेरिका ।
ईरानले अमेरिकाको सैन्य आधारमा आक्रमण गरेपछि त्यसको प्रतिक्रियास्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण सामान्य भएको प्रतिक्रिया दिएका छन् । यसको केही समय पछि नै १२ घण्टे युद्धविरामको प्रस्तावलाई ईरान र ईजरेलले स्वीकार गरेको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
उनले १२ दिने युद्धलाई १२ घण्टाभित्र शान्तिमा परिणत गरिने रोडम्याप नै सार्वजनिक गरेका हुन् । बताइए अनुसार कतारका प्रधानमन्त्रीले ईरानसँग सहमतिको रोडम्याप तयार पारेका थिए । रोयटर्स न्यूज एजेन्सीले अमेरिकी श्रोतलाई उद्धृत गर्दै कतारका प्रधानमन्त्री सेख मोहम्मद विन अब्दुलरहमान अल थानीले तेहरानसँग यो सम्झौताको प्रस्ताव स्वीकृत पछि अमेरिकालाई जानकारी गराएका थिए ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईजरेलले पनि युद्धविरामको लागि सहमति जनाएको बताएका छन् । सोमबार अबेर ईरानले दोहामा रहेको अमेरिकी युद्धक आधार शिविरमा आक्रमण गरेपछिको विकसित घटनाक्रममा यस्तो नतिजा आएको हो ।
यता, ईराकमा रहेका ईरान समर्थक लडाकुहरुको समूहले अमेरिकाले गरेको आक्रमणको जवाफ दिने प्रतिक्रिया दिएका छन् । अल नुजाबा अभियानले यी हर्कतहरुको जिम्मेवारी अमेरिकाले लिनुपर्छ र त्यसको सजाय पनि भोग्नुपर्छ ।
यस्तो भन्छन् ट्रम्प –

प्रतिक्रिया