काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न चार देशका लागि नियुक्त राजदूतहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् । कतारका लागि राजदूत डा। नरेशविक्रम ढकाल, जनवादी गणतन्त्र चीनका लागि विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल र इजरायलका लागि कान्ता रिजालले बिहीबार शपथ ग्रहण गरेका हुन्। नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
अष्ट्रेलियाका लागि नियुक्त राजदूत कैलाशराज पोखरेल अब केही साताभित्रै अष्ट्रेलिया आउने तयारीमा छन् ।
प्रतिक्रिया