चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेपाली राजनीतिमा तरंग सिर्जना भएको छ। सो घटनापछि नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलका नेताहरू संसद् भवन, नयाँ बानेश्वरमा आपसी छलफलमा जुटेका छन्।
छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, र एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला सहभागी छन्।
एकीकृत समाजवादीका वरिष्ठ नेता राजेन्द्र पाण्डेका अनुसार यो भेटवार्ता दलहरूसँग सहमति र रणनीतिक समन्वयका लागि हो। उक्त छलफलको उद्देश्य पछिल्लो राजनीतिक परिस्थिति र मुद्दाको प्रभावका सन्दर्भमा साझा धारणा बनाउने रहेको बताइएको छ। नेपालको इतिहासमै पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस घटनालाई लिएर कतिपय दलका नेताहरूले न आश्चर्य प्रकट गरेका छन् । बिहीबार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपिठको जग्गा खरिद बिक्रीमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
प्रतिक्रिया