एसईईपछि ६ महिना अनिवार्य तालिमको प्रस्ताव
साहले एसईई परीक्षा दिएका युवाहरूलाई छ महिनासम्म चितवन ।अनिवार्य सैन्य तालिम प्रदान गरी अनुशासन, आत्मरक्षा र चितवन राष्ट्रप्रेमको भावना विकास गर्नुपर्ने उल्लेख गरेका छन्। साथै, हरेक परिवारका कम्तीमा एक सदस्यलाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।
उनको तर्कमा, यस कदमले वैदेशिक रोजगारीतर्फको पलायनमा रोक लगाउन सहयोग पुर्याउनेछ।
सार्वजनिक सेवामा सुधार र क्षेत्रीय विकासका अन्य सुझावहरू
साहले मोटरसाइकल नवीकरण शुल्कमा छुट दिने, गंगालाल हृदयरोग अस्पतालको शाखा मधेशमा स्थापना गर्ने र त्यसमार्फत निःशुल्क प्राथमिक उपचार सुविधा उपलब्ध गराउने माग राखेका छन्।
त्यस्तै, महिलाहरूका लागि सार्वजनिक यातायातमा निःशुल्क यात्रा सुविधा दिनुपर्ने, मधेशको इतिहास, संघीयता र लोकतान्त्रिक आन्दोलनबारे शिक्षा पाठ्यक्रम र प्रशिक्षण कार्यक्रम सुरु गर्नुपर्ने प्रस्ताव पनि रहेका छन्।
पर्यटन र संस्कृति प्रवर्द्धनतर्फ जोड
ज्ञापनपत्रमा सल्हेस पर्यटन करिडोर निर्माण, ऐतिहासिक स्थलहरूलाई आपसमा जोड्ने पूर्वाधार विकास, तथा जानकी नवमीका अवसरमा मिथिला सांस्कृतिक रथ यात्रा आयोजना गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रतिक्रिया