गण्डकीमा सार्वजनिक यातायात ठप्प: राइड सेयरिङ र सेल्फ ड्राइभ सेवाको विरोध

गण्डकीमा सार्वजनिक यातायात ठप्प: राइड सेयरिङ र सेल्फ ड्राइभ सेवाको विरोध


गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई कानुनी मान्यता दिने निर्णय गरेपछि सार्वजनिक यातायात व्यवसायी आन्दोलित भएका छन्। प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई मान्यता दिने नियमावली ल्याएसँगै व्यवसायीहरूले गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको आन्दोलनमा व्यवसायीहरूले सरकारको निर्णयको विरोध गर्दै सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याएका छैनन्। महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले सार्वजनिक यातायात सेवा धराशायी बनाउन सरकार लागेको आरोप लगाउँदै, राइड सेयरिङलाई मान्यता दिने निर्णय फिर्ता लिन दबाब दिएका छन्।
व्यवसायीको आन्दोलनले बिहानैदेखि लामो तथा छोटो दूरीका बस सेवा, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा गण्डकी प्रदेशभित्र ठप्प छ । ‘निजी नम्बर प्लेटको सवारी साधनलाई सार्वजनिकसरह सेवा दिने गरी आएको कानुनको विरूद्धमा हाम्रो आन्दोलन हो,’ पोखरा ट्याक्सी प्रालिका अध्यक्ष तथा सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकीका सचिवालय सदस्य शोभाकान्त पौडेलले भने, ‘सरकार निर्णयबाट पछि नहटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ १६ गतेदेखि गण्डकी प्रदेशभित्र र १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने चेतावनी व्यवसायीको छ ।