प्रतिनिधिसभाको बैठक भोलिसम्म स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्म स्थगित


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सहमति नजुटेपछि भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रमुख राजनीतिक दलहरूबीच जारी छलफलमा सहमति नजुटेपछि सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।

संसद्‌मा अड्किएको विषयमा सहमति जुटाउने प्रयास भइरहे पनि समाधान नखुलेपछि बैठक अर्को दिन बस्ने गरी सारिएको हो। संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएनन् । बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।
प्रतिनिधिसभामा सहमति खोज्न सभामुखले सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच संयुक्त छलफल आयोजना गरेका थिए।
उपसभामुख, प्रमुख सचेतक र मुख्य सचेतक सहभागी छलफलमा सबै दलहरू आ–आफ्नो अडानमै अडिग रहेकाले सहमति जुट्न नसकेको हो।