चीनको यात्रामा पूर्व राष्ट्रपति भण्डारी, दुई अन्तर्राष्ट्रिय मञ्चमा दिने प्रमुख सम्बोधन

चीनको यात्रामा पूर्व राष्ट्रपति भण्डारी, दुई अन्तर्राष्ट्रिय मञ्चमा दिने प्रमुख सम्बोधन


काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्दैछिन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनी दुई कार्यक्रमको प्रमुख वक्ताको रूपमा सहभागी हुने कार्यक्रम छ ।

भ्रमणको क्रममा, राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्नेछिन्। सियानमा उनले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। सियान भ्रमणपछि उनी बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो शिखर सम्मेलनमा सहभागी हुनेछन्।

बेइजिङमा रहँदा, राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। यस भेटमा तीन वर्षअघि भएको नेपाल-चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
उनीसँगै भ्रमण दलमा एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, एमाले नेतृ गोमा देवकोटा तथा देवी भट्टचनलगायत रहेको उनीनिकट स्रोतले जनाएको छ।
पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहनेछिन्।